logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

पूर्वराष्ट्रपति भण्डारीले आज नागरिकताको प्रतिलिपि लिँदै


  • राजनीति
  • आइतबार, कार्तिक १७ २०८२

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज नागरिकताको प्रतिलिपि लिने भएकी छिन् ।

भण्डारीले आज जिल्ला प्रशासन कार्यालय काठमाडौं बबरमहलमा उपस्थित भई नेपाली नागरिकताको प्रतिलिपि लिने भएकी हुन् ।

जेनजी आन्दोलनका क्रममा भण्डारीको निजी निवास ध्वस्त हुँदा भण्डारीका नागरिकता र राहदानी लगायतका सामग्रीहरु पनि जलेर नष्ट भएपछि उनले आज नागरिकताको प्रतिलिपि लिन लागेकी हुन् ।

जेनजी आनदोलनमा घरमा आगजनी हुँदा नागरिकता जलेपछि केही दिन अघि माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि जिल्ला प्रशासन कार्यालय चितवनबाट नागरिकताको प्रतिलिपि लिएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार