logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

बञ्चरेडाँडामा राती फोहोर व्यवस्थापन गर्न बत्ति जडान गरिँदै


  • राजनीति
  • सोमबार, कार्तिक १८ २०८२

काठमाडौं । बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा रात्रिकालिन फोहोर व्यवस्थापनका लागि बत्ति जडान गर्न सुरु गरिएको छ ।

नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रले सोमबार ल्याण्डफिल्ड साइटमा बत्ति जडानका लागि पाइप पोल झारेको हो । अब पोल गाडेर बत्ति जडान गरिनेछ ।

उर्जा जलस्रोत सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार ल्याण्डफिल्ड साइटको अनुगमन र स्थानीयसँगको अन्तरक्रियाका क्रममा रात्रिकालीन फोहोर व्यवस्थापनका लागि तुरुन्तै बत्ति जडान सुरु गर्ने प्रतिबद्धता जनाएका थिए ।

त्यसपछि प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाल नुवाकोट वितरण केन्द्र प्रमुखलाई बत्ति जडानका लागि आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार