logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

झाक्रीसहित नेताहरुले गुण्डुमा पुगेर ओलीलाई भेटे


  • राजनीति
  • बिहिबार, कार्तिक २१ २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित १० वटा दलको एकता भेलामा सहभागी नभएका एकीकृत समाजवादीका नेता रामकुमारी झाक्री र किसान श्रेष्ठसहितको नेताहरुको समूहले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

एमालेमै फकिर्ने तयारी गरेका झाक्रीसहित नेताहरुले ओली निवास गुण्डुमा पुगेर अध्यक्ष ओली, महासचिव शंखरपोखरेलसहित एमाले नेताहरुसँग भेटवार्ता गरेका हुन् । झाक्रीसहितका नेताहरुले आज अध्यक्ष ओलीसहित महासचिव शंखर पोखरेलसँग भेटवार्ता गरेको एमाले नेता महेश बस्नेतले जानकारी दिए ।

आज उनीहरुले ओलीसँग भेटा गरिसकेपछि अब कात्तिक २४ गते दिउँसो १ बजे राष्ट्रिय सभागृह हलमा घर फर्कने अभियानको आयोजना गरिएको बस्नेतले बताए । हिजो झाक्री र किसान श्रेष्ठसहितका नेताहरुले एक पत्रकार सम्मेलनमा आफूहरु निःशर्त पुरानो घर एमालेमा फर्किन तयार रहेको बताएका थिए ।

एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालसहित शिर्ष नेताहरुले माओवादीसहितको १० दलसँग पार्टी एकता गरी नेपाली कम्युनिष्ट पार्टीमा सहभागी भए पनि झाक्री समूहले एमालेमै फर्किने तयारी गरेको छ भने यता महासचिव घनश्याम भूसाल समूहले भने एकीकृत समाजवादीलाई नै पुनर्गठन गर्ने तयारी गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार