logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

निर्वाचनमा भाग लिन नयाँ मतदातालाई प्रधानमन्त्री कार्कीको सन्देश


  • राजनीति
  • शुक्रबार, कार्तिक २२ २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा भाग लिने नयाँ मतदातालाई सन्देश प्रवाह गरेकी छन ।

शुक्रबार प्रधानमन्त्री कार्कीले पहिलो विवेक सही रुपमा प्रयोग गर्न अपिल गरेकी हुन् । प्रधानमन्त्रीको सन्देशमा लोकतान्त्रिक समाजमा नागरिकको सपना साकार पार्ने २ मूलभूत साधन रहेको उल्लेख छ । पहिलो, हामी नागरीकको विवेक त्यो विवेक जसले, सही गर्छ गलत, गर्दैन र गलत गर्न पनि दिदैँन ।

दोसो, त्यो विवेकलाई प्रयोग गर्ने आधिकारिक साधन अर्थात् मतदाता परीचय पत्र । जेन–जी युवा र समस्त नेपालीको सपनाको नेपाललाई यर्थाथको नेपाल बनाउन, सबैभन्दा पहिला तपाईँ हामीले हाम्रो मतदाता परिचय पत्र बनाउनुपर्छ अनि त्यसको सही उपयोग गरेर सही प्रतिनिधि छानु्रपर्छ ।

सन्देशमा प्रधानमन्त्री कार्कीले यी दुई मूलभूत साधनसंगै आफै सही प्रतिनिधि बन्र सकिने पनि सुझाएकी छन । उनको सन्देशमा भनिएको छ, “विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अगाडि बढ्न हरेक योग्य नागरिकाले आफनो मताधिकारको सदुपयोग गरौं । मतासधकारको सदुपयोग गर्न नजिकैको निवाचन कार्यालय गएर आजै मतदाता परिचय बनाऔं ।”

सरकारले आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा गर्ने गरेको छ । सरकारले निर्वाचनका लागि कुनै कसर बाकि नराखेको दाबी गरे पनि राजनीतिक दलहरुले सुरक्षाको प्रत्याभूति नभएको आरोप लगाउँदै आएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार