logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

सरकारले शिक्षक संगठनलाई मान्यता नदिने, दलीय गतिविधिमा संलग्न भए बर्खास्त गर्ने मन्त्री पुनको चेतावनी


  • राजनीति
  • आइतबार, कार्तिक २४ २०८२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलहरुसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न रहेका शिक्षक, प्रधानाध्यापक तथा कर्मचारीहरुका संघसंगठनहरुलाई मान्यता नदिने भएको छ ।

शिक्षा मन्त्री महावीर पुनले आज एक विज्ञप्ति जारी गर्दै राजनीतिक दलका भातृ संगठन एवम् शुभेच्छुक संस्थाका रुपमा उल्लेख गरिएका शिक्षक, प्रधानाध्यापक र कर्मचारीका संघसंठनलाई मन्त्रालयले मान्यता नदिने जानकारी दिएका हुन् ।

शिक्षक, प्रधानाध्यापक तथा कर्मचारीहरु राजनीतिक दलहरु र दलका गतिविधिमा संलग्न पाइएमा बर्खास्ती गर्ने मन्त्री पुनले चेतावनी समेत दिएका छन् । मन्त्रालयले शिक्षा, र्कचारी तथा प्रधानाध्यापकको हकहितका साथै संविधानप्रदत्त हक अधिकारको सदैव सम्मान गर्ने पनि मन्त्री पुनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

संघसंगठनहरुलाई गैरराजनीतिक, स्वतन्त्र तथा व्यवसायीक प्रकृतिको बनाउन मन्त्री पुनले आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार