logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

एमालेले बोलायो विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक


  • राजनीति
  • सोमबार, कार्तिक २५ २०८२

काठमाडौं । नेकपा (एमाले) ले विघटित प्रतिनिधि सभाको बैठक बोलाएको छ ।

प्रतिनिधि सभा पुनस्थापनाको पक्षमा निवर्तमान सांसदहरुको हस्ताक्षर संकलन गरेको एमालेले बैठक डाकेको छ । बैठक मंसिर २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने मुख्य सचेतक महेश बर्ताैलाले जानकारी दिए ।

बैठकमा मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागि निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल हुने उनले बताए । संसद पुनस्थापिनाको माग गर्दै एमालेले सडकमा समेत उत्रने तयारी गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार