राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मधेश प्रदेशमा मन्त्री बनेकी कञ्चन विच्छालाई कारबाहीका लागि सिफारिस गरेको छ ।
आज बसेको समितिको बैठकले विच्छालाई सांसद बाट हटाउन र पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारबाही गर्न सिफारिस गरेको हो । विवादास्पद ढंगले मुख्यमन्त्रीमा नियुक्त भएका एमालेका सरोज कुमार यादव नेतृत्वको सरकारमा विच्छाले बिनाविभागीय मन्त्री पदको शपथ लिएकी थिइन् ।
विच्छाले मन्त्रीको शपथ खाएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले उनलाई फिर्ता हुन सामाजिक सञ्जालबाट निर्देशन दिएका थिए भने अनुशासन समितिले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । विच्छाले चित्तबुझ्दो स्पष्टीकरण नदिएपछि अनुशासन समितिले उनलाई कारबाहीका लागि सिफारिस गरेको हो ।