राजनीति
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदनमा पेशी चढेको छ ।
सर्वाेच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासमा प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदन सुनुवाइका लागि पेशी तोकिएको छ । प्रसाईंमाथि सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान भैरहेको छ ।
आन्दोलनको घोषणा गरेर भड्काउपूर्ण अभिव्यक्ति दिएको र उनको हर्कतले हिंसा भड्किन सक्ने विश्लेषण पछि प्रहरीले यही मंसिर १ गते भक्तपुरको ठिमीस्थित निवासबाट पक्राउ गरेको थियो । उनले ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने यातायातसहित सबै क्षेत्र ठप्प पार्ने दाबी गर्दै आएका थिए ।
साथै उनले देशको प्रतिष्ठासँग जोडिएको एनपीएलसमेत रोक्न उनले क्यानका अधिकारीहरुलाई चेतावनी दिएको सार्वजनिक भएको थियो ।