logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

कांग्रेस केन्द्रीय समिति बैठक सर्यो


  • राजनीति
  • बिहिबार, मंसिर ५ २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेको छ । बिहीबारका लागि बोलाइएको बैठक शनिबारसम्मका लागि सरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार कांग्रेस केन्द्रीय समिति बैठक अब शनिबार १ बजे बस्नेछ । यसअघि कांग्रेसले ३० कात्तिकमा सूचना जारी गरेर १ मंसिरका लागि बोलाइएको बैठक स्थगित गरेर बिहीबारका लागि बोलाएको थियो ।

गत २८ असोजदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठक पार्टीको १५औँ महाधिवेशन कहिले गर्ने भन्ने विवादका कारण अलमलिएको छ । कांग्रेसमा संस्थापनपक्षका पूर्वपदाधिकारी २१ फागुनमा हुने प्रतिनिधिसभाको चुनावपछि मात्र महाधिवेशन गर्नुपर्ने पक्षमा छन् भने संस्थापनइतर समूहका नेताहरू चुनावअघि महाधिवेशन गर्नुपर्ने पक्षमा छन् ।

बैठक स्थगित गरेर पार्टी सभापति शेरबहादुुर देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायतका शीर्ष नेताहरूसँग छलफल जारी राखेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार