logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

सुशीला कार्की नेतृत्वको सरकारलाई बहिष्कार गर्न जेनजी मुभमेन्टको आह्वान


  • राजनीति
  • सोमबार, मंसिर ९ २०८२

काठमाडौं । सरकारमाथि भ्रष्टाचार, दुराचार र संवैधानिक अतिक्रमणको आरोप लगाउँदै जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै जेनजी मुमेन्टले ऊर्जामन्त्री कुलमान घिसिङले ४३ करोड नोक्सानी गरेको, अर्थमन्त्री रामेश्वर खनालले डोल्मालाई गैरकानुनी रुपमा कर छुट दिएको तथा महान्यायाधिवक्ता सविता बराल भण्डारीले किशोरीहरूको डिम्ब बिक्री गरेको तथा प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिवले आफन्तलाई नियुक्ति दिलाएको र गृहमन्त्री ओम प्रकाश अर्यालले काकालाई डीआइजी बनाउन सशस्त्र प्रहरीमा दरबन्दी थपेर संगठित दुराचारमा लागेको आरोप लगाएको छ।

मुभमेन्टले विद्रोहका लागि आदर्श र सुशासनका लागि प्राण अर्पण गरेका शहीदहरू र घाइतेहरूसहित नेपाली जनताप्रति गम्भीर अपमानमा लाग्दा सरकारले नैतिकता र जनविश्वास गुमाएको दाबी गरेको छ।

सत्ता कु गरेर बनेको सुशीला कार्की र उनको मन्त्रीपरिषद्लाई सार्वजनिक रूपमा बहिष्कार गर्दै अवज्ञा गर्न समेत समग्र देशवासीलाई जेनजी मुभमेन्टले आह्वान समेत गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार