logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सुमनराज अर्यालय मुख्य सचिवमा निुयक्त


  • राजनीति
  • सोमबार, मंसिर ९ २०८२

काठमाडौं । सुमनराज अर्यालय मुख्य सचिवमा नियुक्त भएका छन् ।

आज बसेको मन्त्रीपरिषद्को बैठकले अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको हो । मुख्यसचिव एक नारायाण अर्यालय ५८ वर्षे उमेर हद पूरा गरेर मंसिर १० गते अनिवार्य अवकाशमा जाने भएपछि आजै अर्याललाई मुख्यसचिवमा नियुक्त गरिएको हो ।

हाल रक्षा मन्त्रालयमा रहेका उनी वरीयताको आधारमा सबैभन्दा मजबुत सचिव मध्येमा पर्थे।

अर्याल यसअघि थोरै समय राष्ट्रिय योजना आयोगको सचिव, त्यसअघि युवा तथा खेलकुद मन्त्रालयको सचिव, त्यस अघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिव र त्यसअघि कोशी प्रदेश सरकारको प्रमुख सचिव भइसकेका व्यक्ति हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार