logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

मुस्कान खातुन नेकपामा प्रवेश, केन्द्रीय सदस्य बनाइने


  • राजनीति
  • बिहिबार, मंसिर १२ २०८२

काठमाडौं । महिला हिंसाविरुद्धको अभियान्ता एवम् जेनजी अभियान्ता मुस्कान खातुन नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेकी छिन् ।

राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह संयोजक माधव कुमार नेपालले खातुलाई पार्टीमा स्वागत गरेका हुन् । खातुनलाई केन्द्रीय सदस्य बनाउने सहमति भएको सह संयोजक माधव कुमार नेपालले जानकारी दिए ।

खातुन नेपाली मानव अधिकारकर्मी समेत हुन् । उनी १५ वर्षको उमेरमा तेजाब आक्रमणको शिकार बन्न पुगेकी थिइन् । २१ वर्षीया खातुनले सन् २०२१ को अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्राप्त गरेकी थिइन् ।

कार्यक्रममा बोल्दै उनले तेजाब आक्रमण मात्र हिंसा नभई सबै खाले हिंसाविरुद्ध लाग्न आग्रह गरिन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार