logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

आगामी निर्वाचनमा एक थोपा पनि रगत बन्नु भएन : प्रधानमन्त्री कार्की


  • राजनीति
  • शुक्रबार, मंसिर १३ २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनालाई निर्वाचनका लागि वातावरण बनाउन निर्देशन दिएकी छिन्।

निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिन नेपाली सेनाको मुख्यालय जंगी अड्डामा पुगेकी प्रधानमन्त्री कार्कीले आन्दोलन पश्चात् गठित सरकारलाई मुलुकमा सुरक्षा बहल गराई फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने राष्ट्रिय अभिभारा रहेको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सैनिक अधिकारीहरूलाई निर्देशन दिएकी हुन्।

जनतालाई सुरक्षाको प्रत्याभूति दिन प्रहरी कारबाहीलाई सहजीकरणमा सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिलाई बिना अवरोध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न स्पष्ट कार्ययोजनासहित अघि बढ्न निर्देशन दिएकी थिइन्।

त्यस्तै आगामी चुनावमा एक थोपा पनि रगत बग्न नहुने बताउँदै प्रधानमन्त्री कार्कीले यस अघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायहरूसँगको समन्वयात्मक र त्रुटिरहित ढङ्गले काम गर्न निर्देशन दिएकी हुन् ।

जेन्जी आन्दोलनका क्रममा हराएका र लुटिएका हातहतियारको खोजी तथा नियन्त्रणमा लिन प्रहरीलगायत सुरक्षा निकायसँग सहकार्य गरी स्थिति सामान्य पार्ने र फरार अपराधी पक्रिन प्रहरीलाई सहयोग गर्न कुनै पनि कसो बाँकी नराख्न प्रधानमन्त्री कार्कीले निर्देशन दिइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार