राजनीति
काठमाडौं । नेपाल नागरिक उड्यन प्राधिकरणले नेपाल वायुसेवा निगममा कार्यरत क्याप्टेनद्धय विजय लामा र सोनी राणामाथि कारबाही गरेको छ ।
उडान सञ्चालन मापदण्ड पालना नगरेको भन्दै उनीहरुमाथि उडानमा प्रतिबन्ध लगाउने गरी कारबाही गरिएको हो । क्याप्टेन लामा र राणाले जहाज उडाने क्रममा फोटा तथा भिडियो खिचेर भ्लग बनाएको र यसले उडान सञ्चालनका मापदण्ड उल्लंघन गरेको क्यानको ठहर छ ।
प्राधिकरणले नेपाल वायुसेवा निगमको अपरेसन्स डिपार्टमेन्टलाई पत्र लेख्दै अर्काे सूचना नआउन्जेलसम्मका लागि दुवै क्याप्टेनलाई रोस्टर अफमा राख्न (जहाज उडान नदिन) निर्देशन दिएको जनाइएको छ ।