राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच भोली एकता घोषणा सभा हुने भएको छ ।
आइतबार दिउँसो २ बजे प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह हलमा एकता सभा हुने भएको छ । गत बुधवार बसेको विवेकशील साझाको केन्द्रीय समितिको बैठकले रास्वपासँग एकता गर्ने निर्णय गरेको थियो ।
विवेकशील साँझाकी अध्यक्ष समिक्षा बाँस्कोटा र महासचिव रञ्जु दर्शनाले रास्वपाको नाम, नेतृत्व र चुनाव चिन्ह स्वीकारी निशर्त एकताको घोषणा भएको थियो ।