राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशीला साझा पार्टीबीच एकता घोषणा भएको छ ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रमका बीच एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमति पत्रमा रास्वापाका कार्यवाहक सभापति डीपी अर्याल र विवेकशीलकी अध्यक्ष समीक्षा बास्कोटाले हस्ताक्षर गरे ।
दुई पार्टी एकता घोषणासँगै पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी र चुनाव चिन्ह घण्टी नै रहने भएको छ ।