राजनीति
काठमाडौं । नेपाल आयाल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।
भारतबाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार डिजेलमा प्रतिलिटर एक रुपैयाँ ४४ पैसा घटेर आएसँगै निगमले डिजेल र मट्टितेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको हो ।
हवाई इन्धन भने प्रतिलिटर ५ रुपैयाँ ६२ पैसा बढेर आएकोले आन्तरिकतर्फ प्रतिलिटर ६ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोटिर अमेरिकी डलर ४२ पुर्याइएको निगमले जनाएको छ ।
पेट्रोल र एलपी ग्यासको बिक्री मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।
