logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

निर्मलाको तस्वीर देखेर गृहमन्त्री वादलको किन दुख्यो टाउको ? पोस्टर टाँस्दै हिँडेका १२ जना पक्राउ

गृह मन्त्रालयले हटाउन निर्देशन दिएपछि प्रहरीले पोस्टर हटाए


  • राजनीति
  • शुक्रबार, मंसिर १४ २०७५

काठमाडौं –  माइतिघरबाट प्रहरीले कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका निम्ति सरकारलाई दबाब दिने उद्देश्यले पोस्टर टाँस्दै हिँडेका १२ जनालाई पक्राउ परेको छ ।

सामाजिक अभियन्ता प्रितम सुवेदीसहित भावना राउत, सिर्जना विश्वकर्मा, छवि पंगेनी लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरुलाई माइतीघर मण्डलाबाट पक्राउ गरी सिंहदरबारस्थित प्रहरी वृत्तमा लगेको छ ।

गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा प्रहरीले निर्मला पन्तका हत्यारालाई कारबाही गर्न मागसहित टाँसिएका पोस्टर हटाएको थियो। गृह मन्त्रालयले निर्मलाका पोस्टर तत्कालै हटाउन निर्देशन दिएपछि प्रहरीले पोस्टर हटाएको हो।

‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोस्टर निर्मलाको तस्बिरसहित टाँसिएको थियो । गत साउन ११ गते बलात्कारपछि हत्या भएको अवस्थामा निर्मलाको शव फेला परेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार