logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

एमालेले पोखरामा जेनजीका कार्यक्रम बिथोल्ने प्रयास गरेको सुदन गुरुङको आरोप


  • राजनीति
  • सोमबार, मंसिर १६ २०८२

पोखरा । जेनजी अगुवा सुदन गुरुङले पोखरामा आफूहरूले गर्न लागेको कार्यक्रम नेकपा (एमाले) ले बिथोल्ने प्रयास गरेको आरोप लगाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै सुदनले आफू पोखरा जाने भएपछि एमालेले कार्यक्रम बिथल्ने प्रयास गरेको जानकारी दिएका छन्।

“पोखरामा जेनजि भाईबहिनीहरूको संगठन बलियो बनाउन र देशप्रेमी पोख्रेली आमा-बुबालाई दाजुभाइ तथा दिदी बहिनी हरू भेट्न हामी पोखरा निस्कियौं, र हामी आउने खबर पाएदेखि केही समूह र एमालेले कार्यक्रम बिथोल्न अथक प्रयास गरिरहेको खबर पाएँ, तर यसले हाम्रो कदम रोक्दैन, किनकि हामी हिजो देशका लागि लडेर आएका हौं, आज अरू कसैसँग सामना गर्न डराउने प्रश्नै छैन, हामी सधैं सत्य र देशको पक्ष उभिन्छौं, हामी आफ्ना Gen Z दाजुभाई-बहिनीका आवाजसँग जोडिन्छौं र अझ बलियो हुन्छौँ, हामी झण्डा गर्वले उचाल्छौं, झण्डा उठाएर, शिर ठाडो पारेर, हामी पोखरा आउनेछौं,” उनले फेसबुकमा लेखेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार