logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

भदौ २३ गते जेनजी सहिद दिवसका रुपमा मनाउने सरकारको निर्णय


  • राजनीति
  • सोमबार, मंसिर १६ २०८२

काठमाडौं । सरकारले प्रत्येक वर्ष भदौ २३ गतेलाई जेनजी सहिद दिवसका रुपमा मनाउने निर्णय गरेको छ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले जेनजी आन्दोलनका कारण मृत्युवरण गरेका शहिदहरूको सम्झनामा प्रत्येक वर्ष भदौ २३ गते जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

बैठकले जेनजी आन्दोलनका क्रममा सहिद भएका व्यक्तिका परिवार परिवारका आमा, बुवा, श्रीमान, श्रीमती, अविवाहित छोरीअ, विवाहित छोरीलाई गृहमत्रालयले फोटोसहितको परिचयपत्र पनि उपलब्ध गराउने निर्णय गरेको छ ।

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकामध्ये ४५ जनालाई सरकारले यसअघि नै सहिद घोषणा गरिसकेको छ । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार