राजनीति
काठमाडौं । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले पदबाट राजीनामा दिएपछि उनको राजीनामा स्वीकृत भएपछि नयाँ सरकार गठनका लागि आह्वान गरिएको हो । मधेश प्रदेश प्रमुखको कार्यालयले एक विज्ञप्ति जारी गर्दै शुक्रबार ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरिएको हो ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालयद्धारा आह्वान गरिएको छ ।
सर्वाेच्च अदालतले पनि मुख्यमन्त्री यादवले विश्वासको मत नपाए नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम संयुक्त सरकार गठनको प्रक्रिया अगाडी बढाउन आदेश दिएको थियो ।
