logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

घोषित मितिमा निर्वाचन गराई युवाको हातमा सत्ता सुम्पिन आतुर छौं : प्रधानमन्त्री कार्की


  • राजनीति
  • बिहिबार, मंसिर १९ २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित मितिमा निर्वाचन सम्पन्न गराई युवा शक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई तीव्र विकासको मार्गमा अग्रसर गराउनुपर्ने दायित्व सरकारसँग रहेको बताएकी छन् ।

ज्यापु संस्कृति विकास कोषको आयोजनामा बिहीबार (मंसिर १८) काठमाडौंमा सम्पन्न २२औँ राष्ट्रिय ज्यापु दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार पूर्ण रूपमा तयारीमा जुटेको बताइन ।

‘जेनजी’ आन्दोलनले उठाएका माग सम्बोधन गर्न सरकार गम्भीर रहेको प्रधानमन्त्री कार्कीको भनाइ छ । ‘जेनजी’ आन्दोलनले भ्रष्टाचारको अन्त्य, सुशासन, रोजगारी र गास, बास, कपासको ग्यारेन्टी माग गरेको उल्लेख गर्दै उनले ती मागहरू पूरा गर्न सबै कटिबद्ध हुनुपर्नेमा जोड दिइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार