राजनीति
काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउन दबाब सुरु भएको छ । अब ओलीलाई धेरै समयसम्म प्रधानमन्त्री राख्नुहुँदैन् भन्ने दबाब प्रभावशाली नेताहरुले सुरु गरेका छन् ।
प्रचण्डलाई प्रधानमन्त्रीको लागि अब तपाई अघि बढ्नुहोस् भनेर नेता वामदेवले वचन दिईसकेको पनि स्रोतको दाबी छ । प्रचण्डलाई प्रधानमन्त्री बनाउने सुत्रधार वामदेव बनेका छन् । त्यही भएर उनी नेकपाभित्र २१ भाईलाई समर्थन दिएका छन् ।
पूर्व लडाकुले किन पिए विष ? प्रचण्डलाई दिए यस्तो चेतावनी(भिडियोसहित)
काठमाण्डौ । नेपालमा सशस्त्र द्वन्द्व समाप्त भई शान्ति सम्झौता भएको १२ वर्ष पूरा भयो । १२ वर्षअघि सशस्त्र युद्धको नेतृत्व गर्ने तत्कालीन नेकपा माओवादी हालको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अहिले सरकारमा छ । तर युद्धकालमा घाइते तथा अपाङ्ग भएकाहरुको अवस्था अझै उस्तै छ । नेतृत्वले आफूहरुलाई धोका दिएको भन्दै उनीहरु फेरि संघर्षमा उत्रिने भएका छन ।
यिनी हुन्, कालीकोट त्रिवेणी नगरपालिका–२ का ३२ वर्षीय कुलप्रसाद भट्टराई ।
हाल उनी महाराजगञ्जस्थित नेपाल प्रहरीको अस्पतालमा उपचाररत छन् । केही दिनअघि विष पिएपछि उपचारका लागि उनलाई अस्पताल भर्ना गरिएको हो ।
जनयुद्धकालमा उनी तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता बाबुराम भट्टराई र अहिलेका गृहमन्त्री रामबहादुर थापा बादल लगायतका नेताको सुरक्षा खटिएका थिए । युद्धकालमा जनमुक्ति सेनाका कमाण्डर रहेका उनै नेता तथा हालका गृहमन्त्री थापालाई भेट्न सिंहदरवार पुगेका लडाकुहरूले आफूहरुलाई यस्तो हालतमा छोडेर सम्पन्न जिन्दगी बिताएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
उनीहरूले जीवनदेखि हरेश खाइसकेको भन्दै गृहमन्त्रीसामु तीतो पोखे । विष सेवन गरेका आफ्ना घाइते सहकर्मीलाई भेट्न बिहीबार अस्पताल पुगेका अन्य बर्हिगमित पुर्वमाओवादी पूर्व लडाकुहरुले आफ्नो साथीले झै आफूहरुले झोलामा विष बोकेर हिँडेको बताए । उनीहरूले यो घटनालाई कमजोर सोचे सशस्त्र युद्धका बेला जस्तै आक्रोशित बन्नसक्ने चेतावनी दिए ।