राजनीति
काठमाडौं । हाम्रो पार्टी नेपालका सभापति खगेन्द्र सुनारले पूर्वपक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सट्टा आफू जेल बस्न तयार रहेको बताएका छन्।
आइतबार नखु कारागारमा पुगेर लामिछानेलाई भेटेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सुनारले रवि लामिछानेलाई थुनामुक्त गराउनका लागि त्यसको सट्टामा आफू जेल बस्न पनि तयार रहेको बताएका हुन् ।
उनले भने, “म निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको एउटा पार्टीको सभापति हुँ। यदि कोही मान्छेभित्र बसिदिएर रवि लामिछानेलाई छोड्न मिल्छ भने म रविको ठाउँमा गएर जेल बस्दिन तयार छु। मलाई भित्र राखेर रविलाई छाड्न मिल्छ भने छाड्दिनुस्।”
सुनारले रवि लामिछानेमाथि नेपाली कांग्रेस र नेकपा एमालेले प्रतिशोध साँधेको आरोप लगाएका । अदालतको कानुनले रवि लामिछानेलाई सेक्ने अनि त्यही अदालतको कानुनले एमाले, कांग्रेसलाई नदेख्ने कस्तो कानुन हो ? श्रीमान भन्दै सुनारले अदालत कार्यशैलीमाथि समेत प्रश्न उठाए ।
आगामी निर्वाचन र देशको राजनीतिक भविष्यका लागि नयाँ र वैकल्पिक शक्तिहरू एक हुनुपर्ने सुनारको भनाइ रहेको छ।