logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

सरकारसँगको वार्तापछि दुर्गा प्रसाईंले भने : यो व्यवस्थाबारे जनमत संग्रहमा जाऔँ


  • राजनीति
  • सोमबार, मंसिर २३ २०८२

काठमाडौं । सरकार र राजावादी अभियन्ता एवं मेडिकल व्यवसाय दुर्गा प्रसाई पक्षबीच वार्ता भएको छ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्की सहित सरकारका प्रतिनिधि र प्रसाईं पक्षबीच वार्ता भएको थियो।

सरकारसँगको वार्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मेडिकल व्यवसायी प्रसाईंले आफूले जनमत संग्रहको माग राखेको र पुष २ गतेसम्मको अल्टिमेटम दिएको जानकारी दिए।

“मैले राजसंस्था पुनर्स्थापना लगायतका विषयमा जनमत संग्रहमा जाउँ भने । प्रधानमन्त्रीले पुस २ गतेसम्म डिसिजन दिन्छु भन्नुभएको छ,” प्रसाईले भने ।

आफ्ना माग पूरा नभए फागुन २१ मा चुनाव नै नहुने प्रसाईंको दाबी छ। उनले आफूहरूका माग पूरा नभई चुनाव नहुने र जनविद्रोह हुने भनेर सरकारलाई जानकारी दिएको बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार