राजनीति
काठमाडौं । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्वजनिक भएको छ ।
नेपाल चलचित्र बोर्डले सार्वजनिक गरेको मंसिर २० गते शनिबार सम्मको बक्सअफिस रिपोर्ट अनुसार निर शाह स्टार फिल्म परानको कमाई हालसम्म १७ करोड नेरु ग्रस भन्दा धेरै कमाइ गरेको छ ।
शनिबार २० मंसिर सम्म परानले १६ करोड ९७ लाख ९३ हजार ३५४ ग्रस कलेक्सन गरेको छ । आइतबार सम्मको हिसाब जोड्दा परानको कमाई १७ करोड नाघेको छ । सोमबार अपरान्ह्र सम्म फिल्मको कमाई १७ करोड १० लाख ग्रस हराहारीमा पुगेको जनाइएको छ ।
त्यस्तै यस अवधिमा परानले ५ लाख ९८ हजार ३०९ टिकट बेचेको छ ।
त्यस्तै जेरी अन टपले शनिबारसम्म १२ करोड २६ लाख ६ हजार २४० नेरु ग्रस कलेक्सन गरेको छ भने यो अवधिमा ३ लाख ९० हजार ९०४ टिक बिक्री गरेको छ । त्यस्तै जारी– २ ले ६ करोड २३ लाख ६९ हजार २ सय ग्रस कलेक्सन गरेको भने यो अवधिमा २ लाभ ७ हजार ७१४ टिक बिक्री गरेको छ ।
सोही अवधिमा एक साथ रिलिज भएको अर्काे फिल्म मन बिनाको धनले ३ करोड ७९ लाख २ हजार ८७९ ग्रस कलेक्सन गरेको छ भने यो अवधिमा मन बिनाको धनले एक लाख ४५ हजार ५९ टिक बिक्री गरेको छ ।
त्यस्तै यसै साता रिलिज भएको फिल्म हर्षले २८ लाख २ हजार ३४६ नेरु ग्रस कलेक्सन गरेको छ भने यस अवधिमा हर्षका ८ हजार ४३६ टिकट बिक्री भएका छन् ।