logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय


  • राजनीति
  • सोमबार, मंसिर २३ २०८२

काठमाडौं । सरकारले गत चैत्र १५ गते तीनकुनेमा राजावादीहरुको हिंसात्मक आन्दोलनमा आगलागीमा मारिएका पत्रकार सुरेश रजकलाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले रजकलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

२०८१ चैत्र १५ गते काठमाडौंस्थित तीनकुनेमा राजवादी प्रदर्शनकारीहरुले एक घरमा आगो लगाउँदा पत्रकार रजकको उक्त आगलामीमा परि मृत्यु भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार