राजनीति
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात, सहकारी विकास र ऊर्जा जलस्रोत तथा सिचाई मन्त्री कुलमान घिसिङले निर्माण व्यवसायीकै कारण ठेक्का रुग्ण भएको बताएका छन्।
नेपाल पूर्वाधार पत्रकार समाजले मङ्गलबार काठमाडौँमा आयोजना गरेको रुग्ण ठेक्का व्यवस्थापन सम्बन्धी सरोकारवाला निकायसँग संवाद कार्यक्रममा बोल्दै मन्त्री घिसिङले ठेक्का रुग्ण बनाउने व्यवसायीलाई कुनै कारबाही नभएकोले कारबाही गर्नुपर्ने बताए ।
उनले भने, “आयोजनाको तर्फबाट पनि रुग्ण ठेक्का भएका धेरै छन्। त्यसलाई पनि कारबाही गर्नुपर्छ । जति पनि ठेक्का तोडिएको छ र तोडिँदै छन्, यस्ता ठेक्का निर्माण व्यवसायकै कारण रुग्ण भएका हुन् । कर्मचारीका कारण रुग्ण भएका ठेक्कामा कुनै कारबाही अगाडि बढाइएको छैन। त्यसमा छानबिन गरेर सम्बन्धित कर्मचारीलाई कारबाही गर्नुपर्छ।”
मन्त्री घिसिङले निर्माण व्यवसायका कारण करिब २५० हाराहारी ठेक्का रुग्ण रहेका जानकारी दिए । निर्माण व्यवसायी विना देश विकास सम्भव नभएको भन्दै उनले निर्माण व्यवसायीको क्षमता वृद्धि गर्न आवश्यक रहेको बताए ।
कतिपय ठेक्कामा भने ठेक्कादार नै खोज्नुपर्ने अवस्था रहेको मन्त्री किसिमको भनाइरहेको छ।