logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव मुनुले गरे भेट


  • राजनीति
  • मंगलबार, मंसिर २४ २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन्।

अतिरिक्त सचिव मुनुले मङ्गलबार सिंहदरबार स्थित प्रधानमन्त्री कार्कीको कार्यालयमा पुगेर भेटवार्ता गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

अतिरिक्त सचिव मुनुले यसअघि आजै गृहमन्त्री ओम प्रकाश अर्यालसँग भेटवार्ता गरेका थिए। अर्यालसँगको भेटमा उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आवश्यक सामग्री र सुरक्षा प्रबन्धबारे भारतले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार