logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

जेनजी आन्दोलनको जिम्मा ओलीले लिनुपर्छ : भीम रावल


  • राजनीति
  • शुक्रबार, मंसिर २७ २०८२

काठमाडौं । नेपाली कम्युनिष्ठ पार्टीका नेता डा. भीम रावलले जेनजी आन्दोलनको जिम्मा तत्कालीन प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन् ।

शुक्रबार अछाममा भएको आम सभालाई सम्बोधन गर्दै डा. रावलले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन ओलीको दम्भवका कारण भएको र देशमा तहसन–नहस भएको भन्दै त्यसको जिम्मा ओलीले लिनुपर्ने बताए ।

ओलीले नेकपाको बहुमतको सरकारको प्रधानमन्त्री भएको बेला आफूले संसद विघटन गरेको कुरालाई भुलेर अहिले जेनजी आन्दोलनलाई बेवास्ता गर्दै चुनावमा सहभागी हुँदैनौं भन्नु हास्यास्पद भएको नेता रावलले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार