राजनीति
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको उपाधिका लागि लुम्बिनी लायन्सले ६८ रनको सामान्य लक्ष्य पाएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम १९.१ ओभरमा अलआउट हुँदै ८५ रनमा समेटियो । लुम्बिनीका लागि ओपनर इसान पाण्डेले सर्वाधिक ३३ रनको योगदान दिए ।
त्यस्तै सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले १३ रन बनाउनु बाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
सुदूरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका कप्तान रोहित कुमार पौडेलले ह्याट्रि गरे । रोहित कुमार पौडेल ह्याट्रिक पूरा गर्दा शेर मल्ल र रुवेन ट्रम्पलम्यानले समान ३–३ विकेट लिए भने तिलक भण्डारीले एक विकेट चट्काए ।
सुदूरपश्चिम एनपीएलको पहिलो सिजमा फाइनलमा जनकपुर बोल्ट्सँग पराजित भएको थियो । आज पनि यो खेलमा पराजित भएमा सुदूरपश्चिमले उपविजेतामै चित्त बुझाउनु पर्नेछ ।