राजनीति
काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्ले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरेको छ ।
प्रधानमन्त्री तथा सुरक्षा परिपाद्का अध्यक्ष सुशीला कार्कीले आज शितल निवासमा पुगेर राष्ट्रपति रामचन्द्र पौडेल समक्ष परिषद्को वार्षिक प्रतिवेदन पेश गरेकी हुन् ।
प्रधानमन्त्री कार्कीले राष्ट्रपति भवनमा आयोजित एक समारोहमा नेपालको संविधानको धारा २६६ उपधारा (३) बमोजिम राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
