logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

एमालेमा १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्य बनाउने ओलीको प्रस्ताव बन्दसत्रबाट पारित


  • राजनीति
  • आइतबार, मंसिर २९ २०८२

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीको संख्या थप्न ल्याएको प्रस्ताव बन्दसत्रबाट पारित भएको छ ।

इतर पक्षले अध्यक्ष ओलीको उक्त प्रस्तावको विरोध गरेपनि बन्दसत्रले ध्वनी मतका साथ ओलीको उक्त प्रस्ताव पारित गरेको हो । महासचिव शंकर पोखरेलले सुनाएको प्रस्ताव निणयार्थ पारित भएपछि एमालेमा पदाधिकारी अब १५ बाट १९ हुने भएका छन् ।

महाधिवेशनले पनि १९ पदाधिकारी र ३०१ केन्द्रीय कमिटी निर्वाचन गर्ने भएको छ । पछिल्लो पारित प्रस्ताव अनुसार अब वरिष्ठ पद हुने छैन् । तर, एक अध्यक्ष, ५ उपाध्यक्ष, एक महासचिव, ३ उपमहासचिव र ९ सचिव र पदाधिकारी १९ बनाउन निर्णय केन्द्रीय कमिटीबाट गरिएको हो । जसमा ३३ स्थायी कमिट, ९९ पोलिटब्यूरो र ३०१ केन्द्रीय सदस्य हुनेछन् ।

ओलीको यो प्रस्तावको विपक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डेसहित सचिवहरु गोकर्ण विष्ट र योग भट्टराई उभिएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार