राजनीति
काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउनका लागि सरकार दृढ रुपमा लागेको बताएका छन्।
कास्कीको पोखरामा सोमबार गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री अर्यालले फागुन २१ मा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्नका लागि सरकार दृढ रूपमा लागेको जानकारी दिए।
उनले भने, “आगामी फागुन २१ गते हुन गइरहेको सभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भई सोही बमोजिम तयारी भइरहेको अवस्था छ। निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागेको छ।”
शान्ति सुव्यवस्था कायम गर्न र निर्वाचनको वातावरण सिर्जना गर्न प्रदेश सरकारको पनि उत्तिकै भूमिका हुने गृहमन्त्री अर्यालको भनाई रहेको छ
गृहमन्त्री अर्यालले सरकारले निर्वाचनपूर्व, निर्वाचन अवधि र निर्वाचनपछिका कार्यहरूमा समेत प्रदेश सरकारको सक्रियता रहने गरी संयन्त्रहरू निर्माण गरिएको गोष्ठीमा जानकारी दिए।
भयरहित निष्पक्ष र शान्तिपूर्ण निर्वाचनको तयारीका लागि सरकारले चालेका कदमहरूमध्ये सुरक्षा गोष्ठी पनि एक भएको उनले बताए।