राजनीति
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज नयाँ रेडर्क बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । आइतबारको तुलनामा आज सुनको मुल्य प्रतितोला एक हजार ९ सय रुपैयाँले बढेको हो ।
असोज ३१ को सुनको मूल्यको रेडर्क आइतबार मात्रै तोडिएको थियो । आइतबार सुन २ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने प्रतितोला ४५ रुपैयाँ बढेको छ । सोमबार चाँदी प्रतितोला ३ हजार ८७० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।