logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

ओलीका विश्वासपात्र मानिएका विष्णु रिमाल उपमहासचिव र केन्द्रीय सदस्य दुवैमा पराजित


  • राजनीति
  • बिहिबार, पुष ३ २०८२

काठमाडौं । नेकपा (एमाले) का नेता विष्णु रिमाल उपमहासचिव र केन्द्रीय सदस्य दुवैमा पराजित भएका छन् ।

नेकपा (एमाले) को ११ औँ महाधिवेशनमा नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा रिमाल उपमहासचिव र केन्द्रीय सदस्यमा उम्मेदवार बनेका थिए । रिमाल उपमहासचिवमा पराजित भएका थिए ।

उपमहासचिवमा ईश्वर पोखरेल प्यानलबाट उम्मेदवारी दिएका योगेश भट्टराईले बाजी मारेसँगै रिमाल पराजित भएका हुन् । उपमहासचिवमा पराजित भएका रिमालले केन्द्रीय सदस्यमा पनि हार ब्यहोरेका छन् ।

एमाले नेता रिमाल अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र मानिन्छन् । यस अघि ओली प्रधानमन्त्री हुँदा रिमाल ओलीका प्रमुख राजनीतिक सल्लाहकार समेत थिए । लामो समय ओलीको टिममा काम गर्दै आएका रिमाल ओली प्यानलबाट पदाधिकारीमा प्रतिस्पर्धामा उत्रिएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार