राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेनजी आन्दोलनमा सहिद भएकाका परिवारसँग भेट गरेका छन् ।
शनिबार चितवनबाट काठमाडौं आएका लामिछानेले त्रिभुवन विमानस्थलबाट सिधै बबरमहलस्थित जेनजी सहिद परिवार कल्याणकारी संस्थाको कार्यालयमा पुगेर सहिदका परिवारलासँग भेट गरेका हुन् ।
सहिदका परिवारसँगको भेटका क्रममा लामिछाने भावुक बनेका थिए । सहकारी ठगी, संगठित अपराध मुद्धामा पूर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई तुलसिपुर उच्च अदालतको बुटवलस्थित इजलासले धरौटीमा रिहा गर्न आदेश दिएसँगै लामिछाने हिजो कपिलवस्तु जिल्ला अदालमा आवश्यक कागजी प्रक्रिया पूरा गरि रिहा भएका थिए ।
सहिद परिवारसँगको भेटपछि लामिछानेले वर्तमान अन्तरिम सरकारले जेनजी आन्दोलनको एजेण्डालाई बोकेर गए जनताको समर्थन मिल्ने पनि दाबी गरे । उनले जेनजी आन्दोलनका क्रममा युवाहरुलाई हत्या गरिएको भन्दै शहीद परिवारको न्यायका लागि लड्ने बताए ।
सुशासन कायम गर्ने कुरामा सरकारलाई रास्वपाको पूर्ण साथ रहेको उनको भनाइ छ ।