logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

बृहत तमु “फो ल्होसार” महोत्सव नजिकिदै जादाँ आर्थिक संकलन तिव्र,परिसर वरीपरी समेत सरसफाई


  • राजनीति
  • शनिबार, मंसिर १५ २०७५

आश तमु, पोखरा – तमु प्ये ल्हु संघ केन्द्रिय समितिको आयोजनामा आगामी पुस १२ देखि १६ सम्म पोखरामा मनाउन गइरहेको “बृहत तमु फो ल्होसार महोत्सव २०७५” लाई भब्य रूपमा सम्पन्न गर्नका लागि तमु प्ये ल्हु संघ केन्द्रीय परिसरमा ल्होसारको पुर्व तयारीका कार्यहरु तीव्र गतिमा सञ्चालन भएको छ।

पैयुँखोला तमु समाज काजीपोखरी १४ पोखराद्वारा आज तमु प्ये ल्हु संघ केन्द्रीय परिसर माथी प्रवेशद्वारदेखी तल क्होइबोसम्म जाने बाटोको दायाँबायाँ भित्ता रंग रोगन गर्नको निमित्त सरसफाई तयारी कार्य सम्पन्न गरेका छन ।

तमु प्ये ल्हु संघ सरसफाइ समितिका सयोजक मिलन क्रोम्छेले दिएको जानकारी अनुसार ल्होसार महोत्सव नजिकिदै जादाँ थुप्रै कामहरु पनि अगाडी बढाएको बताए।

ल्होसार माहोत्सव आर्थिक उपसमितिका सद्स्य समेत रहेका तमुले ल्होसार सम्पन गर्नका लागी विभिन्न क्षेत्र तथा व्यक्तिहरुले आर्थिक सहयोग गरेको समेत बताएका छ्न। सोही क्रममा तमु प्ये ल्हु संघ केन्द्रीय समितिको अध्यक्ष हितकाजी टु क्ल्हेप्री तमुले ५,००,५५५/- (अक्षरुपी पाँच लाख पाँच सय पच्पन्न रुपैयाँ) सहयोग प्रदान गर्नुभएको छ ।

तमु प्ये ल्हु संघ केन्द्रीय महिला समितिले रु.२,००,००५/- (अक्षरुपी दुई लाख पाँच रुपैयाँ) सहयोग प्रदान गरेको छ ।  जिल्ला महिला समिति कास्कीको तर्फबाट आर्थिक सहयोग एकमुष्ट रु ५५,५५५- यसैगरी जिल्ला कार्यसमिति कास्कीका अध्यक्ष ओम प्हच्यु तमुबाट व्यक्तिगत रुपमा रु. २५,५५५- ,केन्द्रिय पच्यु अध्यक्ष कुलप्रसाद क्रोम्जे तमु २५,५५५, प्र. उपाध्यक्ष निम प्हच्यु तमुबाट व्यक्तिगत रुपमा रु. २५,५५५- सदस्य मिलन क्रोम्छें तमुबाट रु. ५,५५५- र जिल्ला महिला समिति कास्कीको सह-सचिव बिना ल्हेंगे (त्होर्जे) तमुबाट रु. ५,५५५- गुरुङ चलचित्र टुकीका निर्माताद्वय इन्द्रमाया प्ह्च्यु (चह्म्रु) तमु र मोहनमाया टु क्ल्हेप्री (प्हच्यु) तमुबाट  जनै रु.  १०,११०/-प्रदान गर्नुभएको छ ।

त्यसै गरी ङोप्छे भाइ खलक पोखरा २५५५५,केन्द्रिय महिला कोषाध्यक्ष बुद्धिमाया लेम तमु २०,८०८, केन्द्रिय सदस्य शेखर ल्हेगे तमु १०,१००, हङकङ शाखाका अध्यक्ष मनबहादुर क्रोम्जे तमु १०,०००,केन्द्रिय सह सचीव लोकेन पह्च्यु तमु ५,६१४, केन्द्रिय कोषाध्यक्ष कन्चन ल्हेगे तमु ५,५५५, सनराइज बैक पोखरा शाखा प्रमुख निता क्रोम्जे तमु ५,५५५, पोखरा १७ घारिपाटन निवासी पितम्बर सरब्ज तमु ५००५, केन्द्रिय सचीव बुद्धि चह्म्रु तमु ५००५, क्रोम्जे भाइखलक सिक्लेस धप्राङथर ५००५ साथै केन्द्रिय महिला समितिका अध्यक्ष पुस्पा तेल्स्यो ( त्होर्जे )तमु र उहाका श्रीमान प्रेम त्होर्जे तमुले सदाको बर्षहरुमा झै यसबर्ष पनि कार्यक्रम अवधी भर आवश्यक पर्ने पिउने पानी र कास्की शाखाका सस्थापक अध्यक्ष स्व. पुर्णबहादुर म्होब्जे तमुको स्मृतिमा उहाँको परिवारले १५ गतेको पुजा सामग्री र स्योकैको सौजन्य गर्ने  का दरले सहयोग प्रदान गर्नुभएको सहयोग प्रदान गरेको सद्स्य सचिव तमुले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार