logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ


  • राजनीति
  • सोमबार, पुष ७ २०८२

काठमाडौं । नेकपा (एमाले) का नेता ऐन महर धरौटीमा रिहा हुँदा उनकी श्रीमती पक्राउ परेकी छिन् ।

प्रहरी वृत्त सोह्र खुट्टेबाट खटिएका प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । युवतीको चरित्र हत्या गरेको आरोपमा गत भदौंमा रिहा भएका महर हाजिरी जमानीमा रिहा भएका थिए ।

काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउ गर्न मंसिर २१ गते साइबर ब्यूरोमा पत्राचार गरेको थियो । सोही आदेशमा पक्राउ परेका उनलाई अदालतले एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

अस्कल क्याम्पसकी उपप्रध्यापक समेत रहेकी एमाले नेतृ महरकी श्रीमतीलाई पनि सोही कसुरमा नियन्त्रणमा लिइएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार