logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

जेनजी आन्दोलनबारे मानव अधिकार आयोगले लियो बालेनसँग बयान


  • राजनीति
  • सोमबार, पुष ७ २०८२

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग बयान लिएको छ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको विषयमा छानबिन गरिरहेको आयोगले सोमबार मेयर शाहसँग बयान लिएको हो। आयोगको स्रोतका अनुसार शाहले सोमबार राष्ट्रिय मानवअधिकार आयोगको कार्यालयमा पुगेर करिब २ घण्टा बयान दिएका हुन् ।

जेनजी आन्दोलनका क्रममा मेयर शाह कहाँ थिए र उनले आन्दोलनलाई समर्थन रहेको भनेर सामाजिक सञ्जालमा व्यक्त गरेको धारणादेखि उनले केही समयअघि सिंहदरबार जलाइदिने भन्दै दिएको प्रसङ्ग र आन्दोलन पश्चात सिंहदरबार लगायतका सार्वजनिक सम्पत्तिमा आगलागी हुँदा महानगरको दमकल समयमा पुग्न नसकेको लगायतका विषयमा सोधपुझ गरिएको जनाइएको छ

सोधपुछका क्रममा मेयर शाहले दिएको बयानका विषयमा भने खुलाउन नमिल्ने आयोगका एक अधिकारीले बताए । जेनजी आन्दोलनमा भएको दमन र मानव अधिकार उल्लङ्घन लगायतका घटनाका विषयमा आयोगले छुट्टै रुपमा अनुसन्धान गरिरहेको छ ।

यता सरकारले भने जेनजी आन्दोलनको विषयमा अनुसन्धान गर्नको लागि गौरीबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । कार्की नेतृत्वको आयोगले पनि घटनामा संलग्नहरूको बयान लिएर अनुसन्धान जारी राखेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार