logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

पूर्व गृहसचिव, आईजीपी र प्रजिअ रिजालको स्थानहद फुकुवा


  • राजनीति
  • मंगलबार, पुष ८ २०८२

काठमाडौं । जाँचबुझ आयोगले पूर्व गृहसचिव गोकर्णमणी दुवाडी, नेपाल प्रहरीका पूर्वमहानिरीक्षक चन्द्रकुवेर खापुङ र काठमाडौं जिल्लाका पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको स्थानहद फुकुवा गरेको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन पश्चात गठित उच्चस्तरीय जाँचबुझ आयोगले उनीहरुले विदेश भ्रमण गर्न र उपत्यका छाड्न नपाउने निर्णय गरेको थियो । मंगलबार एक पत्र पठाउँदै आयोगले तत्कालीन गृहसचिव दुवाडी, आईजीपी खापुङ र प्रजिअ रिजालको स्थानहद फुकुवा गरेको हो ।

आयोगका उपसचिव कमलप्रसाद पाण्डेद्धारा जारी उक्त पत्रमा उनीहरुको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गरिएको जानकारी दिएका छन् ।

Screenshot

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार