logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

जेनजी अगुवा पुरुषोत्तम यादवले मानव अधिकार आयोगमा दिए ३ घण्टा बयान


  • राजनीति
  • बुधबार, पुष ९ २०८२

काठमाडौ । राष्ट्रिय मानव अधिकार आयोगले जनजी अगुवा पुरुषोत्तम यादवसँग बयान लिएको छ ।

आयोगले बयानका लागि पत्र पठाएपछि यादवले बुधबार राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयमा पुगेर बयान दिएका हुन् ।

कार्यालयमा पुगेर आज आफूले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बयान दिएको यादवले जानकारी दिएका छन्। उनले अब जेनजी आन्दोलन भएको समयका तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री र घटनासँग जो– जो सम्बन्धित छन् उनीहरुसँग निष्पक्ष रूपमा आयोगले बयान लिने अपेक्षा गरेको बताए।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि राष्ट्रिय मानवअधिकार आयोगले घटनाको विषयमा अनुसन्धानको लागि सम्बन्धित व्यक्तिहरूसँग निरन्तर रुपमा बयान लिएर अनुसन्धानलाई जारी राखेको छ।

जेनजी अगुवा यादव भने हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरिसकेका छन्। उनले आयोगले बयान लिने कार्यलाई आफूले सकारात्मक सुरुवातको रूपमा लिएको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार