logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

रवि र बालेन एकताका लागि सहमति नजिक


  • राजनीति
  • शुक्रबार, पुष ११ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच एक भएर अघि बढ्ने विषयमा करिब सहमति नजिक पुगेको जनाइएको छ ।

रास्वपा र मेयर शाह पक्षका दुई–दुई जना रहेको चार सदस्यीय वार्ता समितिमा छलफल भएर प्रस्तावहरुमा लगभग सहमति भए पनि अन्तिम टुंगो भने भोली लाग्ने बताइएको छ ।

दुई पक्षबीच के विषयमा सहमति भयो भन्ने विषय सार्वजनिक नगरिए पनि मेयर शाहलाई रास्वपाको सह सभापति र प्रधानमन्त्री बनाउने प्रस्ताव छ भने केन्द्रीय समितिमा पनि बालेन पक्षलाई समेट्ने लगायतका प्रस्तावहरु रहेका स्रोतको भनाई रहेको छ ।

वार्ता समितिमा लगभग सहमति जुटेको छ भने त्यसलाई अन्तिम रुप दिन रास्वपा सभापति रवि लामिछाने र मेयर शाहीबीचको भेटवार्ताबाट अन्तिम टुँगो लगाइने जनाइएको छ । स्रोतका अनुसार मिलेर जाने विषयमा शनिबार अन्तिम टुंगो लाग्नेछ ।

मेयर शाहले राजनीति दलमार्फत् राजनीतिमा होम्मिने तयारी गरेसँगै उनले विभिन्न राजनीतिक दलका नेता, कलाकार, अभियान्त र जेनजी अगुवाहरुसँगको भेटवार्तालाई तीव्र बनाएका छन् । यदि रास्वपा सँग सहमति नभए मेयर शाहले निर्वाचन आयोगमा दर्ता भएर लौरो चुनाव चिन्ह पाएको देश विकास पार्टीबाट राजनीतिक यात्र अघि बढाउने तयारी गरेको जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार