राजनीति
काठमाडौं । नवनियुक्त परराष्ट्र मन्त्री बालानन्द शर्माले पदभार ग्रहण गरेका छन् ।
शुक्रबार शितल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई पद तथा गोपनियताको शपथग्रहण गराएका थिए । शितल निवासमा शपथ ग्रहणगरेपछि मन्त्री शर्माले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।
मन्त्री शर्माले आफ्नो मन्त्रालयले चुनाव सम्बन्धी विषयमा छिमेकी र अन्य देशहरुसँग आवश्यक सहकार्य गर्ने बताए ।
मन्त्री शर्माले भने, ‘दुई छिमेकी र अन्य मित्र राष्ट्रहरू नवोदित राष्ट्रहरू हुन् । उहाँहरूको अनुभव ज्ञान हामीहरूले लिनुपर्छ । सहकार्य गर्दै अगाडि बढ्ने वातावरण सिर्जना गर्न सकिन्छ भन्ने मलाई आशा छ ।’
नेपाली सेनाका पूर्वरथी समेत रहेका शर्मालाई प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्रीको जिम्मेवारी दिएकी हुन् ।