logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन


  • राजनीति
  • सोमबार, पुष १४ २०८२

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन लागि आज दलहरूले समानुपातिक तर्फको उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझाउँदै छन्।

आयोगका अनुसार समानुपातिक तर्फका उम्मेदवारको सूची बुझाउने आज अन्तिम दिन हो । निर्वाचन कार्यतालिका अनुसार आइतबारदेखि समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची बुझाउन सुरु गरिएको थियो।

सोमबार कार्यालय समयभित्र दलहरूले समानुपातिक तर्फको बन्दसूची बुझाइसक्नुपर्ने निर्वाचन आयोगले जनाएको छ।

केही दलहरूले आइतबार नै समानुपातिक तर्फको बन्दसूची पेश गरिसकेका छन् भने बाँकी दलहरुले आज आयोगमा समानुपतिका तर्फको बन्दसूची बुझाउनेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार