राजनीति
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्धय विश्व प्रकाश शर्मा र गगन कुमार थापाले पार्टीको नियमित महाधिवेशन स्थगित गरेका छन्।
बिहीबार साँझ संयुक्त रूपमा एक विज्ञप्ति जारी गर्दै शर्मा र थापाले अबको विकल्प भनेको विशेष महाधिवेशन मात्रै भएको बताएका हुन् । नियमित महाधिवेशन स्थगित गरिएकाले अबको विकल्प भनेको विशेष महाधिवेशन भएको उनीहरूको भनाइ रहेको छ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको मंसिर १५ गते सम्पन्न बैठकले निर्धारण गरेको नियमित महाधिवेशनको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्ने गरी यसै सूचना मार्फत महाधिवेशन स्थगित गरिएको महामन्त्रीदय शर्मा र थापाद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ।
