logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

जेल ब्रेक गर्नेहरूलाई अगुवा बनाएर अगाडि बढाउन खोजियो : केपी ओली


  • राजनीति
  • शुक्रबार, पुष १८ २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेल ब्रेक गर्नेहरूलाई अहिले अगुवा बनाएर अगाडि बढाउन खोजिएको बताएका छन्

नयाँ वर्ष २०२६ का अवसरमा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिनिधिसभा निर्वाचनका लागि मिति घोषणा गरिए पनि निर्वाचनको वातावरण भने बनिनसकेको बताए ।

उनले भने, “नेताहरू विरुद्ध झुटा मुद्दा लगाउने, अशान्त वातावरण सिर्जना गर्ने, लुटिएका हतियारहरू फिर्ता नहुने, जेल ब्रेक गरेकाहरूलाई अगाडि बढाउन खोजियो, निर्वाचनमा बुथ कब्जा गर्न खोजियो र नियमपूर्वक मतदान भएन भने निर्वाचन लोकतन्त्र कमजोर बनाउने ड्रमा मात्रै हुनेछ।”

शान्तिपूर्ण रूपमा निर्वाचन भएमा एमाले सहभागी हुने र एमालेले विजय हासिल गर्ने अध्यक्ष ओलीको दाबी रहेको छ।

निर्वाचन भैहाल्यो भने त्यसका लागि तयारी अवस्थामा रहन नेता कार्यकर्ताहरूलाई निर्देशन दिँदै उनले भने, “आफ्नो सामर्थ्यलाई नतिजा निकाल्ने गरी लाग्नुपर्छ । निर्वाचनका लागि सबै तरिकाले तयार रहनुस्।”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार