राजनीति
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्धय गगन कुमार थापा र विश्व प्रकाश शर्माले विशेष महाधिवेशन बारे कानूनविदहरूसँग छलफल गरेका छन्।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बहुमतमार्फत नियमित महाधिवेशन आगामी वैशाखमा गर्ने निर्णय गरेपछि विशेष महाधिवेशन गर्ने बारे थापा र शर्माले आज कानुनविदहरुसँग छलफल गरेका हुन् ।
कानुन व्यवसायीहरूले विधान अनुसार माग भएको विशेष महाधिवेशन बोलाउन सकिने सुझाव महामन्त्रीलाई दिएको छलफलमा सहभागी एक नेताले बताए । विधान अनुसार बोलाइएको महाधिवेशन रोक्ने अधिकार कसैलाई नभएको उनीहरूको भनाई रहेको थियो।
महामन्त्रीद्धय थापा र शर्माले सभापति शेरबहादुर देउवासँग अन्तिम छलफल गरेर सहमति नजुटे विशेष महाधिवेशन बोलाउने तयारी गरेका छन् ।