logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

विभाजनको संघारमा कांग्रेस : महामन्त्री थापा र शर्माले बोलाए विशेष महाधिवेशन


  • राजनीति
  • बुधबार, पुष २३ २०८२

काठमाडौं । नेपाली कांग्रेस विभागतिर अगाडी बढेको छ । कांग्रेसका महामन्त्रीद्धय गगन कुमार थापा र विश्वप्रकाश शर्माले औपचारिक रुपमै विशेष महाधिवेशन आह्वान गरेका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै महामन्त्रीद्धयले पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशन आह्वान गरेका हुन् । विधान बमोजिम वाध्यकारी रहेको विशेष महाधिवेशन नबोलाउनु, विधानको पालना नगर्नु, जिम्मेवारी बमोजिम काम नगर्नु विधान र राजनीतिक दलसमबन्धी कानूनको विपरित भएको पनि उनीहरुले उल्लेख गरेका छन् ।

यता संस्थापन पक्षले भने विशेष महाधिवेशनमा सहभागी नहुन पार्टी पंक्तिलाई निर्देशन दिएको छ । यो सँगै नेपाली कांग्रेस विभाजनको संघारमा पुगेको बुझिएको छ । यद्यपी महामन्त्री गगन कुमार थापाले भने आफूले विष पिएर पनि पार्टी विभाजन हुन नदिने भनेर ठोकुवा गर्दै आएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार