logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

उर्जामन्त्री कुलमान घिसिङले राजीनामा घोषणा गर्दै


  • राजनीति
  • बुधबार, पुष २३ २०८२

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिने भएका छन् ।

घिसिङले मन्त्रालयमा अहिले राति ९ बजे पत्रकार सम्मेलन गरी राजीनामा दिन लागेका हुन् । उनको सचिवालयका अनुसार राजीनामा दिने निश्चित भएपछि पत्रकार सम्मेलनमार्फत घोषणा गर्न लागेका हुन् । उनी गत भदौ ३० गते ऊर्जामन्त्रीमा नियुक्त भएका थिए ।

उनलाई भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको थियो ।

घिसिङ राजनीतिमा लागेपछि प्रधानमन्त्री सुशीला कार्कीले मार्गप्रशस्त गर्न भनेकी थिइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार